कोका-कोलाको धन्यवाद क्याम्पेन

Read Time = 1 min

काठमाडौं । १२औं कृति अवार्डको ‘बेस्ट इभेन्ट/एक्टिभेसन’ गोल्ड अवार्ड अर्थात् प्रथम विजेता कोका/कोलाको धन्यवाद क्याम्पेन सञ्चालन गरेको थियो । गत वर्ष कोका-कोलाले दशैँको अवसरमा धन्यवाद थिमको एक्टिभेसन सञ्चालन गरेको हो । विश्वव्यापी कोरोना महामारी फ्रन्ट लाइनमा बसेर सेवा गर्ने सेवाकर्मीलाई धन्यवाद ज्ञापन गर्न उक्त एक्टिभेसन सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

एक्टिभेसनअन्तर्गत विभिन्न एनजिओ र अस्पतालमा कार्यरत आठ हजारभन्दा बढी सेवाकर्मीलाई कोका-कोलाले धन्यवाद बक्स प्रदान गरेको थियो । जसमा प्रत्येकको नाम लेखिएको कोका–कोला बोतल र ग्लास समावेश थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?