सेञ्चुरी र कर्जा सुरक्षण कोषबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका कृषि कर्जाको सुरक्षणसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका तीन करोडसम्मको कृषि कर्जाको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्तर्गत हुनेछ । सम्झौतासँगै कृषि कर्जा प्रवाहको जोखिम थप न्यूनीकरण भई कर्जा प्रवाहमा वृद्धि हुने बैंकले अपेक्षा गरेको छ ।

सम्झौतापत्रमा कोषतर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र बैंकतर्फबाट उपमहाप्रबन्धक अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गर्नुभएको थियो । सो अवसरमा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, सेञ्चुरी कमर्सियल बैंकका कृषि तथा विपन्न कर्जा विभाग प्रमुख प्रवीनकुमार दाहाल तथा बजारीकरण विभागका गणेश सुवेदीको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?