फोर्डको नयाँ गाडी नेपाली बजारमा

Read Time = 2 mins

काठमाडौं । जिओ अटोमोबाइल्स प्रालिले २०२२ संस्करणको वाइ टर्वोयुक्त नेक्स्ट जेन फोर्ड रेन्जर नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार फोर्ड रेन्जर विश्वव्यापी बजारका साथ एशियाली मुलुकमा सबैभन्दा रुचाइएको पिकअप ट्रकमध्ये एक हो ।

नेक्स्ट जेन फोर्ड रेन्जरले जुनसुकै सडकमा आनन्ददायी सवार प्रदान गर्ने र अफ रोड क्षमता, टोइङ तथा तौलयुक्त ढुवानी क्षमता, दरिलो बनावट, इन्धन किफायती इन्जिनका कारण यो पिकअप हरेकको रोजाइमा पर्ने कम्पनीको अपेक्षा छ ।

नेक्स्ट–जेन रेन्जर ६-स्पिड र १०-स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छन् । हालको रेन्जरमा रहेको जस्तै ६-स्पिड ट्रान्समिसन प्रमाणित स्वचालित ट्रान्समिसन हो । नेक्स्ट-जेन रेन्जरले सात किलोमिटर प्रतिघण्टा गतिमा आठ सय एमएमसम्मको वाटर वेडिंङको क्षमता प्रदान गर्छ ।

त्यस्तै, नेक्स्ट-जेन रेन्जरका सेलेक्ट मोडलमा स्टेयरिङ, सम्प, ट्रान्समिसन र ट्रान्सफर केसका लागि सुरक्षात्मक अन्डरबडी शिल्ड रहेका छन् । नेपालमा २०२२ नेक्स्ट-जेन फोर्ड रेन्जरको प्रारम्भिक मूल्य एक्सएल मोडेलको एक करोड पाँच लाख ९० हजार, एक्सएलटीको एक करोड १९ लाख ९० हजार र विल्ड ट्र्याकको एक करोड ४५ लाख ९० हजार रुपैयाँ रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?