Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

आन्तरिक राजस्व कार्यालय महारागञ्जकी कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । आन्तरिक राजस्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृतले तीस हजार घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । अख्तियारले सोमबार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग तीस हजार घुस माग गरेकी थिइन् । प्रधानले घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले प्रधानलाई गत साउन १८ गते नियन्त्रणमा लिएको थियो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले अनुसन्धानको क्रममा प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रकम लिएको पुष्टि भएको बताउनुभयो । अख्तियारले प्रधानविरुद्ध ३० हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोप पत्र दर्ता गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?