छोरीको उपचार खर्च जुटाउन सहयोगको याचना

हिमालय टाइम्स
Read Time = 2 mins

दैलेख । दैलेखको भगवतीमाई गाउँपालिका-५ कट्टी, थुवाका खड्कप्रसाद शर्माले आफ्नी छोरीको उपचार खर्च जुटाइदिन सहयोगको याचना गर्नुभएको छ । उहाँले १३ वर्षीया छोरी हिरा शर्माको उपचारमा सहयोग गर्न आग्रह गर्नुभएको हो । उहाँ भगवतीमाई गाउँपालिकास्थित भगवती माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ ।

उहाँले आफ्नी छोरी विगत पाँच वर्षदेखि 'memingomyelocele with neurogenic bladder' (मूत्रनलीबाट पिसाब बगिरहने) नामक रोगबाट पीडित भएको हिमालय टाइम्सलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मेरी छोरी विगत पाँच वर्षदेखि मूत्रनलीबाट पिसाब बगिरहने रोगबाट पीडित छिन् । हामीले उनको उपचार देशका विभिन्न अस्पतालहरूमा गराइसकेका छौं । तर, कतैबाट पनि रोग ठीक भएन । अहिले आर्थिक अवस्था कमजोर भएको र छोरीको उपचार अमेरिकाको टेक्सास राज्यको डालस सिटीस्थित ‘युटि साउथ वेस्टर्न मेडिकल सेन्टरमा’ मा मात्र सम्भव भएकाले अमेरिका गएर उपचार गराउनुपर्ने भएकाले सहयोग गरिदिनुहुन म शैक्षिक संघ संगठनसहित सबैमा अनुरोध गर्छु ।’

उहाँले छोरीको उपचारका लागि हालसम्म लाखौं रकम खर्च भइसकेको समेत बताउनुभयो । उक्त रोगको उपचार भनेको मूत्राशय प्रतिस्थापन थेरापी हो । जुन नेपालसहित मध्य एशियामै सम्भव नरहेको उहाँले बताउनुभयो । उक्त रोगको समयमा उपचार नगरेमा किड्नी फेल भई बिरामीको मृत्युसमेत हुने उहाँले बताउनुभयो । उपचारमा सहयोग गर्न चाहनेले उहाँको मोबाइल नम्बर ९८६८१८००६७ वा राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाको खाता नम्बर ४०८०१०००३७३९१०१० मा सहयोग गर्न सक्नुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?