आत्मविश्वासले पाएको सफलता

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । यो एक नेपाली बालिकाको पूर्ण दृढ संकल्प, सपना र शक्तिको कथा हो । आफूमा दृढ विश्वास भए जे पनि गर्न सकिन्छ भन्ने प्रमाणित उहाँले गर्नुभएको छ । यो उनै मनिषा सिंह र उहाँको संघर्षको कथा हो । मनिषाको जन्म कालिकोटको एक गरिब परिवारमा भएको थियोे । पाँच छोरीमध्ये उहाँ दोस्रो सन्तान हुनुहुन्थ्यो । उहाँका दुई बहिनीहरू छन् । बुबाले छोरा दिन नसकेको भन्दै उनीहरूलाई छाडेका थिए । सानै उमेरमा अरू केटाकेटीले जस्तै पढ्नुको सट्टा मनिषाले आफ्नी आमासँग खेतबारीमा, स्टेशनमा फलफूल बेच्ने र अरूको घरायसी काममा सघाउने गर्न थाल्नुभयो ।

आमाले आफ्नो र छोरीहरूको जीवन धान्न संघर्ष गर्नुपर्‍यो । सीमित आम्दानीको स्रोतका कारण खुवाउन नसक्दा छोरीहरूलाई बालगृहमा पठाउन बाध्य बनायो । अनाथालयको अवस्था पनि कमजोर र अव्यवस्थित थियो । बालबालिकालाई उचित खानेकुरा, सफा लुगा, स्वास्थ्य सेवा वा अन्य कुनै पनि आवश्यक सामग्री उपलब्ध गराइएको थिएन । बस्ने वातावरण असुरक्षित, अस्वस्थकर र विषाक्त थियो । धेरै बालबालिकाहरू भोकाएको, शारीरिकरूपमा बिरामी र पोषणको कमी र खराब आहारका कारण वृद्धि मन्दीको जोखिममा रहेका थिए ।
दुई बेलायती नागरिक, म्याथ्यु विलियम हर्ली र उहाँकी श्रीमती लुइसा जेनेकमले २०१५ को महाभूकम्पपछि देशमा सक्रियरूपमा विभिन्न परोपकारी संस्थाहरूमार्फत् सहायता र सहयोग प्रदान गर्दै आउनुभएको थियो । उहाँहरू आफ्ना दुई छोरा लिएर नेपाल आउनुभएको थियो । भूकम्पले धेरै नेपालीको परिवार तहसनहस बनाएको थियो । बालबालिकालाई विस्थापित गरी अनाथालय र बालगृहमा सारिएको थियो । यही बलायती परिवारले मनिषा र उहाँका दिदीबहिनीहरूलाई भेट्टाउनुभयो र नेपालका बालबालिकाहरूलाई सहयोग गर्न डस्टी याक फाउण्डेसन खोल्नुभयो ।

हर्लीहरूले बुढानीलकण्ठमा डस्टी याक चलाउने परिवारका रूपमा सेवा गर्नुभएको छ । जुन सेवा केन्द्रको राम्रोसँग सुसज्जित र मर्मत गरिएको छ । सबै बालिकालाई अंग्रेजी माध्यमका विद्यालयमा भर्ना गरियो, बास, खाना, शिक्षा, माया र हेरचाहको व्यवस्था गरिएको छ । ६ वर्षदेखि बालिकाहरूले पालनपोषण, हेरचाह र माया गर्ने परिवार पाए । डस्टी याक सोसाइटीमा मनिषाले पनि राम्रो अभिभावक पाउनुभयो ।
विद्यालयमा उहाँले शैक्षिक क्षेत्रमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्नुका साथै अतिरिक्त क्रियाकलापमा पनि राम्रो प्रदर्शन गर्नुभयो । उहाँले फुटबल, म्याराथन, बास्केटबल, गायन र नृत्यमा धेरै राम्रो गर्नुभयो । फाउण्डेसनमा उहाँले बाँकी बालबालिकालाई ठूली बहिनीको भूमिका निर्वाह गर्नुभयो । बाल्यकालदेखि नै आफूले भोगेको कठिनाइ र संघर्षलाई ध्यानमा राख्दै मनिषाले आफू र आफ्ना दिदीबहिनीहरूले जीवनमा भोग्नुपरेको सामाजिक अन्याय र असमानताका विरुद्ध लड्नका लागि वकिल बन्न इच्छा गर्नुहुन्छ । उहाँ अन्य बालबालिका र महिलालाई सहयोग गर्ने चाहना राख्नुहुन्छ । मनिषा असाधारण हुनुहुन्थ्यो भन्ने कुरा उहाँका क्रियाकलापले प्रष्ट पार्दछ । बेलायती श्रीमान्श्रीमती हर्लीले उहाँको दृढ संकल्पको प्रशंसा गर्नुभयो र उहाँलाई स्विट्जरल्याण्डको एग्लोन स्कुलमा छात्रवृत्तिका लागि आवेदन दिन प्रोत्साहित गर्नुभयो जुन विश्वका सबैभन्दा प्रतिष्ठित विद्यालयहरूमध्ये एक हो ।

एग्लोन स्कुलको यात्रा सजिलो थिएन । यसमा धेरै कठिन चयन प्रक्रिया छ । आवेदन प्रक्रिया पूरा हुन महिनौं लाग्यो । छनोटको पहिलो चरण मूल्यांकन र अन्तर्वार्ता थियो, जसका लागि उहाँले आफ्ना शिक्षकहरू, हर्लेज र युकेका ट्युटरहरूसँग दिनरात निरन्तर तयारी गरिरहनुभयो जसले मनिषालाई उहाँका सपनाहरू पूरा गर्न आफ्नो समय दिनुभयो । पहिलोपटक अन्तर्वार्ता सकिएपछि, उहाँले अंग्रेजी भाषा परीक्षण, सामान्य क्षमता/आइक्यु परीक्षण र गणित परीक्षा दिनुभयो । अन्तिम र सबैभन्दा महत्वपूर्ण मापदण्ड जसका आधारमा उहाँको छनोट निर्धारण गरिएको थियो ।

उहाँले संसारका कुनै पनि बच्चाभन्दा धेरै अंक हासिल गर्नुभयो । तर, मनिषाको नयाँ शिक्षाको यात्रा नेपालका केही अधिकारीहरूको गैरकानुनी कार्यका कारण प्रभावित हुन पुग्यो । स्विट्जरल्याण्डको वाणिज्य दूतावासले सबै कागजी कार्यहरू उपलब्ध गराएको र नेपाली अधिकारीहरूलाई अग्रिम पठाएको, अध्यागमनलाई हार्ड प्रतिलिपिहरू उपलब्ध गराइए पनि कुनै न कुनै रूपमा उहाँलाई देश छोड्ने अधिकारबाट वञ्चित गरियो । हर्ली परिवारले कठिनाइहरूको सामना गर्दै र बिनाकारण उहाँहरूलाई हिरासतमा राखियो । आफ्नी जन्म दिने आमा, नेपालमा डस्टी याक सोसाइटीको सहयोग र नेपाल सरकारको हस्तक्षेपका बाबजुद पनि नेपालको यो चम्किलो ताराले आफ्नो सपना पूरा गर्न र नेपालका नेपाली सन्तानहरूले के गर्न सक्छन् भनेर देखाउँदै विदेशमा हाम्रो गौरवशाली राष्ट्रको झण्डा बोक्न पाउनुभएको छ । अनेक कठिनाइका बाबजुद पनि मनिषा आफ्नो लक्ष्यमा अगाडि बढन सफल हुनुभएको छ ।

हामीले यो सुनिश्चित गर्नुपर्दछ कि अन्तर्राष्ट्रिय समुदाय, गैरसरकारी संस्थाहरू र परोपकारी संस्थाहरू अख्तियारमा गैरकानुनीरूपमा कार्य गर्ने थोरै व्यक्तिहरूको गल्तीबाट सुरक्षित छन् । हामीले हाम्रा बालबालिका र नागरिकहरूको यात्रा र शिक्षित हुने अधिकारहरू सुरक्षित छन् भनी सुनिश्चित गर्नुपर्छ । हामी नेपाल सरकारलाई निष्ठाबिना काम गर्ने र हाम्रा बालबालिका र नागरिकको हितमा खतरा हुने दुष्टलाई कारबाही गर्न चाहन्छौं ।

अन्ततः हामीले मनिषालाई यो अद्भूत उपलब्धिको कदर र बधाई दिनैपर्छ । मनिषा सिंहको कथा नेपालका हजारौं युवतीका लागि प्रेरणादायी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?