यस्तो छ अध्यक्ष लीको आजका कार्यक्रम

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

काठमाडौं । नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली झान्सु आज उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने जनाइएको छ ।

उहाले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुहुनेछ । यस्तै परराष्ट्रमन्त्री नारायण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुहुनेछ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेनासँग बिहान ९ बजे भेटवार्ताको तालिका छ । यस्तै, उहाँले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पनि संघिय संसद् भवनमै भेट्ने कार्यक्रम तय भएको छ।

त्यसपछि परराष्ट्रमन्त्री नारायण खड्कासँग होटल सोल्टीमा भेटवार्ता हुनेछ। त्यसपछि प्रधानमन्त्री देउवालाई भेट्न उहा बालुवाटार जानुहुनेछ । उहाँले बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा भेट्ने कार्यक्रम छ।

यसैबीच सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लीको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गर्नुभएको थियो।

त्यसअघि नेपालको सङ्घीय संसद्को प्रतिनिधि सभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेसनल पिपुल्स कंग्रेस) बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सभामुख सापकोटा र नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष लीबीच द्विपक्षीय वार्तामा भएको सहमतिका आधारमा सोमबार ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?