साम्पाङ्गले पूरा गरे बाचा : जनश्रमदानबाटै धरानमा पुर्‍याए पानी (भिडियो हेर्नुहोस्)

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले निर्वाचनमा जनतामाझ आफूले गरेको वाचा पूरा गर्नुभएको छ । नगरको बजेट नै नचलाई जनश्रमदानबाट धरान बासिलाई उहाँले पानी खुवाउन सफल हुनुभएको हो ।

धरानमा लामो समयदेखि खानेपानी अभाव हुँदै आएको थियो । चुनावका क्रममा पनि उहाँले खानेपानीलाई नै मुख्य एजेण्डा बनाउनुभएको थियो ।

आज बिहान धरानको बजारमा खानेपानी ल्याएपछि उहाँले खुशी व्यक्त गर्नुभएको छ भने स्थानीयहरू पनि निकै हर्षित भएका छन्। सर्दु, खर्दु निशाने मुहानको खानेपानी शहरमा आएपछि धरानमा सबै मिलेर खुशी मनाएका हुन्।

फेसबुकमार्फत खुशी साट्दै साम्पाङ्गले लेख्नुभएको छ, ‘आज अत्यन्तै खुशी छु म ! धराने जनतालाई सर्दु, खर्दु निशानेको पानी वितरण गर्न शहरमा पानी ल्याइपुर्याएका छौँ !सम्पूर्ण सहयोगी, श्रमदाता तथा शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद ! हामी जुट्नेछौँ ! यो देश माथि उठाउन हामी जुट्नेछौँ !’

उहाँले शहरमा पानी ल्याएर सबै मिली रमाइलो साटासाट गरेको भिडियोसमेत फेसबुकमा पोष्ट गर्नुभएको छ । उहाँले अहिले ‘खर्दु र निशानेलाई मात्रै जोडेको र सर्दु जोड्न बाँकी रहेको भन्दै सर्दुसँग झन् ठूलो पानीको फोहोरा आउने बताउनुभयो । भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ ।

यसैबीच, मेयर साम्पाङ्गले आफ्नो बाचा पूरा गरेसँगै सामाजिक संजालमा उहाँलार्य बधाई दिनेको ओइरो लागेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?