दाहालको ‘मेरो पत्रकारिता’ : पढेर गरेको टिपोट

हिमालय टाइम्स
Read Time = 15 mins
A A- A+

✍️ तिलकप्रसाद लुइँटेल
गत २० गते सोमबारको अंकबाट
दोस्रो खण्डमा शीर्षक-सैद्धान्तिक पत्रकारिता निम्ति राष्ट्रपुकार भन्ने छ । यसको थालनी पृष्ठ ३८ बाट भएर अन्त पृष्ठ १०६ मा भएको छ । यसमा जम्मा २० वटा उपशीर्षक छन् । ती उपशीर्षकको उद्धरण र पृष्ठसंख्या समेत यस प्रकार छन्-

सैद्धान्तिक पत्रकारिता निम्ति राष्ट्र पुकार- मैले अन्तर्वार्ता र राजनीतिक समाचारहरूमा ध्यान दिएँ । त्यसो त सम्पादकीयदेखि अरू सबै काम गर्नुपर्ने थियो । कुनै अंकमा कसैलाई सार्वजनिक जवाफ दिनुपर्‍यो वा प्रश्न गर्नुपर्‍यो भने आफैँले... । पृष्ठ ४०
(१) पूर्वशर्त र विवाद-...पनि गम्भीर बहुदलको प्रचारमा थिए । प्रायः यी सबै नेतृत्व, दल र पार्टीका विषयमा राष्ट्रपुकार साप्ताहिकमा क्रमशः समाचारहरू छापिन लागे । पृष्ठ ४२

निर्दलीय पञ्चायत पक्षलाई जिताउन काठ तस्करी र जंगलको कालो व्यापार गर्न, सर्प र बाघजस्ता जनावरका छाला निकासी गर्न, भन्सार चोरीपैठारी निकासीका कामहरू खास मानिसहरूमार्फत गराउने र त्यसबाट आएको पैसा बहुदलविरुद्ध प्रयोग गर्न थालिसकेका थिए ।

(२) सिकेजीप्रतिको धारणा-...उत्तरपछि पानी पानी भएँ । मैले कल्पना गरेको एक शिखर बौद्धिक व्यक्तित्व मेरा अगाडि अत्यन्त विनम्रतापूर्वक खडा छ । पृष्ठ ४४
(३) मण्डले मण्डलीको आक्रमण—...निर्दलीय पञ्चायत पक्षलाई जिताउन काठ तस्करी र जंगलको कालो व्यापार गर्न, सर्प र बाघजस्ता जनावरका छाला निकासी गर्न, भन्सार चोरीपैठारी निकासीका कामहरू खास मानिसहरूमार्फत गराउने र त्यसबाट आएको पैसा बहुदलविरुद्ध प्रयोग गर्न थालिसकेका थिए । पृष्ठ ४५
(४) जनकपुर अधिवेशन र गिरिजाप्रसादसँगको पहिलो भेट-...नदीको किनारै किनार चकमन्न साँझमा हामी दुईजना अघि बढ्यौँ । उहाँ नजिकै आयो भनिरहनुहुन्थ्यो । म थाकेर चुर भइसकेको थिएँ । पृष्ठ ४८

(५) बीपीसँगका केही दिन-...वास्तवमा उहाँसँगको यो प्रथम भेट र त्यस स्वभावले ममा भित्रैदेखि एउटा नजानिँदो काउकुती पैदा भयो र एक चिरपरिचत पारिवारिक आत्मीयताको गहिरो समुद्रमा प्रवेश गरेको अनुभूति हुनपुग्यो । पृष्ठ ५१-५२
(६) बहुदल प्रचारमा ओखलढुंगा-...जंगल नासिएपछि वन फँडानी गरी खेती सुरु भएछ । गैरीदेखि नै दक्षिण पश्चिम लमतन्न बसेको प्रख्यात रुम्जाटार देखिन्छ । म यो दृश्य हेर्दै चर्को घाममा छाताको सहाराले अघि बढेँ । मानिस त्यति भेटिँदैनन् । पृष्ठ ६३
(७) पराजयको पीडा-...र निर्दलीय पञ्चहरूको संगठित आक्रमण, जनतामा व्याप्त भय र बहुदल भनेको अराजकता, अशान्ति र लुट हो भन्ने सन्देश प्रवाह दोस्रो कारण हो । पृष्ठ ६५
(८) बीपीकै तर्कमा राष्ट्रपुकार- साहित्य राष्ट्रको अमर धरोहर भए पनि यसले समाचार पत्र र सूचनाको क्षेत्रमा पनि निर्वाध योगदान दिएको हुन्छ भन्ने...। पृष्ठ ६७
(९) विराटनगर हत्याकाण्ड र विजयकुमार गच्छदार-..आदि अखबारहरू पनि थिए । वैचारिक, दलगत र दलभित्रको गुटगत र व्यक्तिगत गरी अनेक धार पत्रिकामा विकास भएको थियो । पृष्ठ ६८
(१०) पञ्चायतमा पक्ष विपक्ष-..मैले अभिलेखका रूपमा छापेँ । तर त्यो वक्तव्य प्रकाशनलाई लिएर कांग्रेसका एकथरीले राष्ट्रपुकारविरुद्ध पर्याप्त आक्रमण गरे । पृष्ठ ७१

(११) मिसन पत्रकारिताको यात्रा-...एक-अर्काविरुद्ध उपयोग गर्ने व्यापक प्रवृत्ति विकास भयो र पत्रकारिताको मर्म स्खलित हुनपुग्यो । यस चरित्रको प्रतिच्छाया पैँतीस वर्षपछि... । पृष्ठ ७३
(१२) जन्तरखानीको बीभत्स हत्या-मेरो तर्क र प्रस्तावपछि लास भूइँमा झिकियो र जाँच गर्दा दिसा र वीर्य गोठेको सुरुवालमा टाँसिएको भेटियो । अनि बञ्चराको बिँड र मृतक गोठेका औँला जुधाउँदा ठ्याक्कै मिल्यो । पृष्ठ ७७
(१३) नेपाली कांग्रेसको प्रशिक्षण र यात्रा-...उहाँले थोरै मात्रको भुक्तानी दिनुभयो । अरू केही ग्राहक बने राष्ट्रपुकारको, मैले बिल काट्दै भुक्तानी लिएँ । राष्ट्रपुकारको मूल्य जम्मा एक रुपैयाँ थियो । पृष्ठ ८३
(१४) बर्दियाको जंगलमा बास-...नेपालगञ्जको स्थापित पत्रिका किरण साप्ताहिकका सम्पादक । उहाँको सादगी र त्यस यात्राले म वास्तवमै अभिभूत भए । पृष्ठ ८४
(१५) सिकेजीको यौन ठट्टा र धम्कीसँगै गैँडाकोट शिविर-..उहाँले त सबैको छक्का छुटाउनुभयो । एघार बाह्र वर्षको उमेरदेखि त्यस समयसम्म डेढ सयसम्म पुगेको हुनसक्ने बताउनुभयो । मन्सुर र म मरीमरी हाँस्यौँ । कस्तो खराब बूढो रहेछ भन्ने लाग्यो । पृष्ठ ९१
(१६) नयाँ प्रकाशनको ढोका र माइलाको सक्रियता-...हामी सबै हाँस्यौँ । अनि मैले भनेँ– ‘कालो कालो छ, कृष्ण होला नाउँ ?’ उसले शिर हल्लायो । पृष्ठ ९५
(१७) आधारातकी तन्नेरी युवती—...बीचमा पुगेपछि मैले देखेँ एउटी महिला सानदार लुगामा सजिएकी केही मधुरो गीत गुनगुनाउँदै मस्तै आफ्नै चालमा मलाई नाघेर गइन् । पृष्ठ ९८

(१८) शेरबहादुरको एक रुपैयाँ-...उनी पनि राष्ट्रपुकारमा दिक्क थिए । पैसा नपाउनुमात्रै होइन कहिलेकाहीँ आफ्नो तलबसमेत ल्याएर कागज किनिदिनुपर्ने र काम पनि गर्नुपर्ने अवस्थामा दिक्क नहुने प्रश्न नै थिएन । पृष्ठ ९९
(१९) महानायक बीपीको पार्थिव अवसान-..साहित्य र राजनीतिको एक अपूर्व सङ्गम त्यो तीर्थस्थलजस्तै थियो । विचारको मुहान थियो र स्वाभिमानको शिखर थियो त्यहाँ । पृष्ठ १००
(२०) गन्तव्यहीन यात्रा-..दर्ता गर्न कम्तीमा बीस हजार नगद बैंकमा मौजुद रहेको भौचर पेस गर्नुपर्ने थियो । मसँग त्यतिका रकम थिएन । पृष्ठ १०३
(२०) गन्तव्यहीन यात्रा-.. दर्ता गर्न कम्तीमा बीस हजार नगद बैंकमा मौजुद रहेको भौचर पेस गर्नुपर्ने थियो । मसँग त्यतिका रकम थिएन । पृष्ठ १०३
तेस्रो खण्डमा शीर्षक-... पृथक् धारको चेतनामा केही दिनहरू भन्ने छ । यसको थालनी पृष्ठ १०७ बाट भएर अन्त पृष्ठ ११५ मा भएको छ । यसमा जम्मा पाँचवटा उपशीर्षक छन् । ती उपशीर्षकको उद्धरण र पृष्ठसंख्यासमेत यस प्रकार छन्-
पृथक् धारको चेतनामा केही दिनहरू-...ठूलो रूखलाई एकैपटक प्रहार गर्नुभन्दा पहिले साना हाँगा, त्यसपछि त्यसका अरू हाँगा अनि माटामुनि रहेका जरामा एकपछि अर्को प्रहार गरेपछि रूख ढल्छ । पृष्ठ १०८

(१) सूर्यबहादुरको पतन-...एउटीले भनिन्, ‘आफ्ना मान्छेलाई नेता र मन्त्री बनाउन रातभरि दाँत खुस्केका चुरोटे र जँड्याहाहरूको समेत सेवा गर्नुपर्छ । तन्नेरीसँग त ठीकै होला तर बूढाहरूको दाँत हामीसँग बस्ताबस्तै फुस्कँदा त रमाइलो हुँदोरहेछ ।’ पृष्ठ ११०
(२) मधेस विचार आन्दोलनको भ्रूण-...सीमा व्यवस्थापन गर्न सीमा नाकामा ‘अभिलेख’ राख्नुपर्ने, नागरिकतालाई पारदर्शी बनाउनुपर्ने जस्ता विषयहरू राखिएका थिए । यो ‘रिपोर्ट’ भारतविरोधी मानसिकताबाट प्रेरित रहेको भन्ने सोचका साथ तीव्र विरोध आरम्भ भयो । पृष्ठ ११०
(३) राजेन्द्रको हिसाब र पत्रकारितामा पाइलो-...मैले ज्यादा आलोचनाका साथ उहाँबारे लेख लेखेको थिएँ । त्यो अलि बिझ्ने गरी भएछ, मलाई पनि पछि अप्रिय नै लाग्यो । पृष्ठ ११३
(४) दुई जनाको जागिर हिँड्यो-...चेतनामा समाचार छापिनासाथ उनी कुदाउँदै हाकिमहरूका टेबुलमा पुर्‍याउँदा रहेछन् । यो कुरा थाहा पाएपछि उनको जागिर हिँड्यो । पृष्ठ ११४
(५) सुरेन्द्र हमालको पुरस्कार र प्रेक्ष्या-...उनमा पनि पुरस्कार पाएको खुसी पर्याप्त थियो । उनी चिट्ठाको अर्धकट्टी बोकेर संघको केन्द्रीय कार्यालयमा पुगेछन् । उनले चिट्ठा पारेको हल्ला पनि फैलियो । तर पुरस्कार दिइएनछ । पृष्ठ ११५
चौथो खण्डमा शीर्षक-नेपालवाणीको रहर भन्ने छ । यसको थालनी पृष्ठ ११६ बाट भएर अन्त पृष्ठ १३१ मा भएको छ । यसमा जम्मा ६ वटा उपशीर्षक छन् । ती उपशीर्षकको उद्धरण र पृष्ठसंख्या समेत यस प्रकार छन्-
नेपालवाणीको रहर-...कान्छी बहिनी रामसीता अलि ठूली थिइन्, भाइहरू सानै थिए । घरमा असाध्यै दुःख थियो । दश-बाह्र हजारभन्दा माथि ऋण पुगिसकेको रहेछ । वृद्ध बाका आँखा गरिबी र परिवारको बोझले आक्रान्त थिए । निराश र निरपेक्ष थिए । ११६
(१) शंकर केडिया, कांग्रेस र खाली ड्रमविरुद्धको मुद्दा-... झण्डै एक करोड पच्चीस लाखभन्दा बढी कमाइ भयो । एक्काइस लाख घटाउँदा पनि एक करोड चार लाख हात पर्‍यो । यो त व्यापार थियो । पृष्ठ ११८

यी दुई महिनामा मेरा कलिला भाइहरू केही छाक भोकै बसे । भोकै बानेश्वरदेखि नरदेवी अस्पतालसम्म पुगेका भाइहरूका आँखामा देखिएको आँसुका धारा र भोकले कलेटी परेका ओठले आज पनि मेरो मनलाई मर्माहत तुल्याइरहेका छन् ।

(२) नयाँ पेसाको खोजी-..तुमुलका केही अंक, रूपरंगका केही अंक र नेपालवाणी प्रकाशन गर्दा केही साथीहरूबाट ऋण सापटी लिएको थिएँ । साथै डेरा गरी एमए राजनीतिशास्त्र पढ्दा जाँच सकिँदासम्म केही ऋणको बोझ थपिइसकेको थियो । पृष्ठ १२०
(३) सत्याग्रह र केही सम्झना-...यी दुई महिनामा मेरा कलिला भाइहरू केही छाक भोकै बसे । भोकै बानेश्वरदेखि नरदेवी अस्पतालसम्म पुगेका भाइहरूका आँखामा देखिएको आँसुका धारा र भोकले कलेटी परेका ओठले आज पनि मेरो मनलाई मर्माहत तुल्याइरहेका छन् । पृष्ठ १२४
(४) किसुनजीको रक्सी र चुरोट-...अपमानित हुनेगरी सोधेछन्– ‘जुन पार्टीका सभापति रक्सीमा दिनहुँ चुर्लुम्म चौबीस घण्टा नै डुब्छ र चुरोटको सर्को नतानी बोल्न सक्दैन उसले कार्यकर्ताहरूलाई रक्सी नपिउने उपदेश दिनुको के अर्थ हुन्छ र ?’ पृष्ठ १२५
(५) पत्रकारितामा बसेको लत-...नेपालवाणीका नयाँ कलेवरमा ठूलो आकारसहित प्रकाशन हुन थाल्यो । विज्ञान, खेल, शिक्षा, अर्थ, परराष्ट्र, अध्यात्म, व्यापार, उद्योग, राजनीति, विचार आदि विषयहरू समावेश गरिए । पृष्ठ १२७
(६) वीरबहादुरको कथाले दिएको सास्ती-...त्यसै दिन मध्याहृन काठमाडौं आएर बसर्पाबाटै नयाँसडक बेँग्लुर कफी हाउस पुगेँ । त्यसबेला राजनीतिक साप्ताहिक बौद्धिक, जमघटको थलो नयाँ सडक थियो र अमेरिकी लाइब्रेरी नजिक बेँग्लुर कफी हाउस थियो । पृष्ठ १२८ । क्रमशः

https://ehimalayatimes.com/2022/09/42172/

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?