सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सिट बाँडफाँटको सकसमा रहेका सत्तारुढ दलहरुको बैठक आज पनि बस्दैछ। निरन्तर बैठक गरिरहेको कार्यदलसहित शीर्ष नेताहरू आज पनि छलफलमा जुट्ने भएका हुन् ।

बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्नेछ । हिजो पनि कार्यदलसहित शीर्ष नेताहरूको बैठक बसेको थियो ।

बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल भएको थियो। कार्यदलका सदस्यहरुका अनुसार आधा जति सिटमा सहमति जुटिसकेको छ।

कार्यदलले निर्वाचन क्षेत्रअनुसार बुझाएको सिट बाँडफाँटको खाकामा एक सय हाराहारीमा सहमति जुटेको र ६५ सिटमा दाबी धेरै देखिएकाले सहमति जुट्न नसकेको सदस्यहरूको भनाइ छ।

मंसिर ४ को निर्वाचनका लागि कांग्रेसले १ सय सिटमा दाबी गरेको छ भने माओवादीले ६० सिटमा दाबी गरेको छ। नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले ३० बढी सिटमा दाबी गर्दा जनमोर्चाको दुई सिटमा दाबी छ।

असोज २ र ३ गते समानुपातिक तर्फको बन्द सूची बझुाउने निर्वाचन कार्यतालिका रहेकाले दलहरु छिट्टै सिट बाँडफाँट टुंगो लगाउने गरी निरन्तर छलफलमा छन्।

सिट बाँडफाँटको टुंगो लगाउन यसअघि शीर्ष नेताले कार्यदल गठन गरी जिम्मा दिएका थिए । तर, कार्यदल ठोस सहमति जुटाउन असफल भएको थियो । एक महिना लामो छलफल र विभिन्न मोडालिटी बनाएको कार्यदलले २३ भदौमा गठबन्धनका शीर्ष नेतालाई रिपोर्ट बुझाएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?