काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागु गर्ने तयारीसँगै सरकारले कर्मचारीको व्यापक सरुवालाई तीव्र पारेको छ ।
सोही अनुसार सोमबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको सरुवा गरेको हो । बैठकले गृह मन्त्रालयमा प्रदेश नम्बर १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई ल्याउने निर्णय गरेको छ ।
हाल गृहको जिम्मेवारीमा रहनुभएका सचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको बताइएको छ । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जिम्मेवारी तोकिएका तोयम रायलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ल्याइएको छ ।
आपूर्तिका सचिव गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जगेडामा राखिएको छ। अख्तियारमा प्रधानमन्त्री कार्यालयका रामप्रसाद घिमिरेलाई पठाइएको छ । सरुवामा परेका गृहसचिव पाण्डेको अष्ट्रेलिया भ्रमण तय भई हवाई टिकट समेत काटिसकेपछि उहाँको सरुवा भएको हो ।
असोज १ गते उहाँ गृहसचिवकै हैसियतमा अष्ट्रेलिया जाँदै हुनुहुन्थ्यो । तर अष्ट्रेलिया जानु भन्दा चार दिनअघि गृहबाट उहाँको सरुवा भएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका