आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

ललितपुर । आफ्नै ४७ वर्षीया श्रीमती रुपा क्षेत्रीको हत्या गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका-९ घर भई ललितपुर महानगरपालिका-२९ हरिसिद्दी बस्ने ६३ वर्षीय घ्याल्मो लामालाई प्रहरीले पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका-३ फुलचोकीस्थित जंगलमा सडिगलेको अवस्थामा आइतबार दिउँसो रुपाको शव फेला परेको थियाे । घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न लामालाई पक्राउ गरेको हो ।

लामाले भदौ १६ गते दिउँसो श्रीमतीसँग वादविबाद भएको कारण डोरीले घाँटीमा बाधेर हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?