अधिकांश नेप्से परिसूचक हरियाली

Read Time = 1 min

काठमाडौं । नेप्से सूचक मंगलबार २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा आएको छ । ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सबै समूहका सूचकमा हरियाली छाएको छ । ३२ सय विन्दु आसपासमा पुगेको नेप्से यसअघि घटेर १८०७ विन्दुसम्म झरेको थियो । त्यहाँबाट केही गति लिएको बजार फेरि शिथिल हुँदै सोमबार १९ सय विन्दु नजिक आइपुग्यो । तर, मंंगलबार भने यो विन्दुबाट पुनः केही माथि जाने प्रयास गरेको छ ।

मंगलबार २३१ कम्पनीको ३१ लाख ४६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५ करोड ९४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिडी पावर र हिमालयन एभरेष्ट इन्स्योरेन्स परेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?