विकास योजना निर्माणदेखि सुशासन कायम गर्दै सिंजालाई अब्बल बनाइने : अध्यक्ष धिताल

Read Time = 7 mins

-विजय रावत

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले पालिकालाई विकास योजना निर्माणदेखि सुशासन कायम गर्ने गाउँपालिकालाई अब्बल बनाउने बताउनु भएको छ । उहाँका अनुसार गत वैशाखको निर्वाचनपछि स्थानीय तहका जनप्रतिनिधिको दोस्रो कार्यकाल सुरु भएसँगै सबैतिर उत्साहजनक लहर छाएको छ । यहाँ सीमित जनप्रतिनिधि दोहोरिएका छन भने धेरै नयाँ अनुहार छन् ।

अघिल्लो कार्यकालको तुलनामा उनीहरूको काम गराइ उत्साहजनक र परिपक्क देखिएको छ । सिंजाका जनप्रतिधिहरुले योजना छनौटदेखि काम गर्ने तरिकामा सुधार ल्याएको गाउँपालिका अध्यक्ष धितालले बताउनुभयो । पहिलो, सम्भव नै नहुने र कार्यान्वयन गर्ने हम्मे पर्ने योजनाहरू घोषणा नै गरेका छैनैं । सिंजालाई योजनाबद्ध विकासको काम गर्नुपर्छ भन्ने स्थानीयवासिको आवश्यकता र माग अनुसार योजना छनौट भई काम संचालनको तयारीमा रहेको अध्यक्ष धितालले जानकारी दिनुभयो ।

सिंजाको समग्र विकासका लागि जनपक्षीय कदम उठाउन पालिकाका सबै जनप्रतिनिधि लागी परेकाछन् । स्थानीय तहका जनप्रतिनिधिले दोस्रो कार्यकाल सुरु गरेको १०० दिन बितिसकेको छ । यस अवधिमा केही स्थानीय तहले राम्रो र प्रभाव पर्ने काम गर्दै आएकाछन् । जसमा जुम्लाको सिंजा गाउँपालिकाको कामकारबाही हेर्दा केही आशाजनक काम देख्न सकिन्छ ।

गाउँ कार्यपालिकाका निर्णयहरू प्रमाणीकरण गरेर २४ घण्टाभित्र सार्वजनिक गर्न थालेको छ । गाउँपालिकाले बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिसकेको छ । पालिकालाई आर्थिक मितव्ययिता एवं पारदर्शिता बनाउनका लागि खुल्ला प्रतिस्पार्धाको कोटेशनबाट मात्र खरिद प्रक्रियाको काम अघि बढाएको अध्यक्ष धितालले बताउनुभयो । सिंजा गाउँपालिकालाई सुशासन कायम गर्ने र प्रशासनिक सेवा प्रवाह सुधारमा व्यापक जोड दिएको देखिन्छ । साथै गाउँपालिकाले आर्थिक दायित्व बढ्ने र प्रतिफल नहुने गतिविधि बन्द गर्ने निर्णय पनि गरेको छ । गाउँपालिका सबै निर्णय, क्रियाकलाप र दस्तावेज वेबसाइटमा प्रकाशित हुने व्यवस्था मिलाएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनका लागी प्रत्येक महिनाको १ गते नराकोटमा हाट बजार संचालनमा ल्याएको छ । टेलिफोन सेवाको टावर सूचारु, साथै गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षकको अभाव हुन नदिन स्वयंसेवक शिक्षकको कार्यक्रम कार्यान्वयनमा ल्याएको अध्यक्ष धितालले जानकारी दिनुभयो ।

सिंजावासिको सहजका लागी नापी,मालपोत र कृषि बैंक स्थापनाका लागि प्रक्रिया अगाडी बढाएको छ । स्वस्थ्य क्षेत्रलाई थप व्यवस्थित गर्नेका लागी गाउँपालिकामा ल्याप स्थापना प्रक्रिया सूरु भई,स्वास्थ्य चौकीमा ल्याव टेक्नीसियन ,ल्याव असिस्टेनको करार विज्ञापन भई सकेको र एमबीबीएस डाक्टर कर्णाली स्वास्थ्य विज्ञान संग उपलब्ध गर्ने सहमती भएको सिंजा गाउँपालिकाले जनाएको छ ।

कृषि पेशालाई किसान संग जोड्नका लागी नायव पशु स्वास्थ्य प्राविधिक र नायव पशु सेवा प्राविधिक कर्मचारीलाई करारमा लिई काम गर्ने पालिकाको कृषि शाखा लागी परेको छ ।

पालिकाको आन्तरिक राजश्व लाईथप वृद्धि गर्नेका लागी नदीजन्य गिट्टी,बालुवाको प्रारम्भिक वातावरणीय परिक्षणको (आ.इ.इ) लागी १५ दिने राय सुझाव पेश गर्ने सम्बन्धी राष्ट्रीय दैनिकमा १५ दिने सार्वजनिक सुचना प्रकाशित भईसकेको छ । असोज १ गते बोलपत्र आह्वन गरिने सिंजा गाउँपालिकाले जनाएको छ । पालिकाले आफ्नौ प्रशासकीय भवनबाट सेवा प्रवाह गरिसकेको छ । जुम्ली खस भाषाको अभिलेखका लागी भाषा आयोग संग सहकार्य गरेर आयोगमा दर्ता प्रक्रियामा रहेको आयोगले जनाएको छ । हिमा नदीका असला माछाका भुरा संरक्षणका लागी सिंजा गाउँपालिकाले बजेट समेत छुटाएको छ ।

पालिकाको केन्द्रमा रहेको नराकोट बजारलाई व्यवस्थित गर्नेका लागी बजार व्यवस्थापन समिति गठन गरी हरेक पसलमा अनिवार्य सामानको मुल्य सुचि टाँस्नदेखी बजारका सबै शैचालय खुल्ला राख्ने र प्रत्येक दिन बजार सरसफाई गरिने बजार व्यवस्थापन समितिले जनाएको छ । सिंजा गाउँपालिका भित्रका १ देखी ३ कक्षसम्म खस भाषाको पाठ्यपुस्तक बाट पढाइ भइरहेको छ । अब थप ८ कक्षसम्म खस भाषाबाट पढाइ गरिने सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?