भकारीभित्र लुकाएर राखिएको आठ लाख भारतीय रुपैयाँ फेला

फाइल तस्वीर

Read Time = 1 min

कैलाली । धनगढी उपमहानगरपालिका–१८ बस्ने एक व्यक्तिको घरबाट स्रोत नखुलेको रकम भेटिएको फेला परेको छ । सोही वडाको एफगाउँस्थित फूलबारी क्षेत्रका ३२ वर्षीय हिरा विकको घरमा भारतीय ८ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

विकले उक्त रकम भारतबाट चोरी गरी ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । उनले घरको गहुँ राख्ने भकारीभित्र बाल्टिनमा आठ लाख लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

फरार रहेका विकको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?