वैकुण्ठ मानन्धर दौड शनिबार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शान्ति निकुञ्ज पूर्वविद्यार्थी संघ र वैकुण्ठ मानन्धर खेलकुद नेपालको संयुक्त आयोजनामा प्रथम वैकुण्ठ मानन्धर अन्तरमाध्यमिक विद्यालय पाँच किलोमिटर दौड प्रतियोगिता शनिबार हुने भएको छ । दौडमा करिब तीन सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक संघका महासचिव नरेशकुमार मल्लले जानकारी दिनुभयो । त्यसमध्ये विभिन्न ७५ विद्यालयबाट दुई खेलाडीले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ ।

दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कार पाउनेछन् । सोही प्रतियोगिताका दौरान भेट्रान धावकहरूको पनि दौड सञ्चालन गरिनेछ ।

संघका अध्यक्ष विवेन्द्रभक्त प्रधानांगले भविष्यमा वैकुण्ठ मानन्धरजस्ता कीर्तिमानी धावक उत्पादन गर्ने उद्देश्यले पहिलोपटक दौडको सुरुवात गरिएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै आएर टुंगिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?