विदेशी यात्रुहरूका लागि लगाइएका प्रतिबन्ध खुकुलो पार्दै जापान

Read Time = 1 min

टोकियो । जापानले विदेशी यात्रुहरूका लागि सीमा प्रतिबन्धहरू खुकुलो गर्ने आंकलन गरिएको छ । स्थानीय रिपोर्टहरूले भनेका छन् कि जापानी अधिकारीले चाँडै देशको अर्थतन्त्रलाई गति दिन यी कदम अघि बढाउन सक्छन् । जापानका उपप्रमुख क्याबिनेट सचिव, सेजी किहाराले स्थानीय टिभी च्यानलमा भन्नुभएको छ कि, ‘कमजोर येन विदेशी पर्यटकलाई आकर्षित गर्न प्रभावकारी कारक हुन सक्छ ।’

गत साता जापानी मुद्रा येनको मूल्य अमेरिकी डलरको तुलनामा १.७ प्रतिशतले घटेको थियो । यो पछिल्लो २४ वर्षयताकै न्यून स्तरमा थियो । कोभिड संक्रमणको बीचमा जापानले पछिल्लो दुई वर्षदेखि अधिकांश विदेशी पर्यटकलाई प्रतिबन्ध लगाएको छ । गत वर्ष २०२० टोकियो ओलम्पिक खेलकुदका लागि ढिलो आएका विदेशी पर्यटकलाई पनि आउन अनुमति दिइएको थिएन । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?