रारा राष्ट्रिय म्युजिक अवार्डका उत्कृष्ट पाँच सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९ मा नोमिनेसनमा परेका उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पूर्वमन्त्री मोहन बाँनियाले विभिन्न विधामा नोमिनेसन परेका कलाकारलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । आयोजक संस्था कर्णाली कलाकार समाज तथा कनका सुन्दरी फिल्मस् प्रालिले असोजमा महिनामा काठमाडौंमा आयोजना गर्न लागेको अवार्डका लागि भाषा, भाषी, लोकदोहोरी, आधुनिक, राष्ट्रिय गीतका विभिन्न विधामा अवार्ड प्रदान गर्ने भएको हो ।

उल्लेखित विधाअन्तर्गत राष्ट्रिय गीत, आधुनिक गीत, आधुनिक गीतकार, आधुनिक संगीतकार, आधुनिक गायक, आधुनिक गायिका, आधुनिक नवगायक, आधुनिक नवगायिका, आधुनिक मोडल पुरुष, आधुनिक मोडल महिला, आधुनिक नवमोडल पुरुष, आधुनिक नवमोडल महिला, आधुनिक नवगीतकार, आधुनिक निर्देशक, सम्पादन, छायांकन, संगीत संयोजन र बालप्रतिभा छन् ।

त्यसैगरी, लोक पप गायक, लोक पप गायिका, लोक दोहोरी गीत, लोक दोहोरी निर्देशक, लोक दोहोरी गीतकार, लोक दोहोरी संगीतकार, लोक दोहोरी गायक, लोक दोहोरी गायिका, लोक दोहोरी नवगायक, लोक दोहोरी नवगायिका, लोक दोहोरी मोडल पुरुष, लोकदोहोरी मोडल महिला, लोक दोहोरी नवमोडल पुरुष र लोक दोहोरी नवमोडल महिला छन् ।

त्यस्तै, भाषाभाषिकमा देउडा गायक, देउडा गायिका, देउडा गीतकार, देउडा संगीतकार, भाषाभाषिक गायक, भाषाभाषिक गायिका, भाषाभाषिक मोडल पुरुष, भाषाभाषिक मोडल महिला, मेहेन्दोमाया गायक, सेलो गायक, भाषाभाषिक निर्देशक, ध्वनि मिश्रण, नव गीतकार (लोकदोहोरी), सर्वोत्कृष्ट शृंगार, सर्वोत्कृष्ट का“ठे लोकदोहोरी गायिका रहेका छन् ।

आयोजक संस्था कर्णाली कलाकार समाजका अध्यक्ष कलाकार पदमबहादुर रोकायाका अनुसार अवार्डमा एसएमएस भोटिङको मत ४० प्रतिशत, निर्णायक मण्डलको मूल्यांकन ५० र आयोजकको १० प्रतिशत गणना हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?