एक करोड धनराशिको भवन कीर्ति रत्न पुरस्कार महावीरलाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ । मंगलबार गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा एक कार्यक्रमबीच पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा पुरस्कार ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले आविष्कार केन्द्रलाई माथिल्लो स्तरमा पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । उहाँले एउटामात्रै आविष्कार केन्द्रहरू नभई धेरैभन्दा धेरै आविष्कार केन्द्र खोल्नुपर्ने बताउनुभयो । आविष्कार केन्द्रहरू खोलेर देशको अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न नसक्ने उहाँको भनाइ थियो । देशमा नयाँ प्रविधिको विकास भएको खण्डमा नेपालीहरू रोजगारीको लागि विदेश जानु नपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा ओसो तपोवन नेपालका संस्थापक स्वामी आनन्द अरुणले नेपाल प्रत्येक वर्ष गरिब बन्दै गएको जिकिर गर्नुभयो । उहाँले दक्षिण एशियामा विकासको ठूलो नारा दिएपनि सबैभन्दा गरिब मुलुकमा स्थापित रहेको दाबी गर्नुभयो । उहाँले विकासप्रति चिन्तनशील हुन जरुरी रहेको बताउनुभयो ।

बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १०औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गर्नुभएको हो । ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई-दुई वर्षमा प्रदान गरिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?