‘के घर के डेरा’ को पोष्टर सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । कात्तिक ४ गतेदेखि सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘के घर के डेरा’ को पोष्टर सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्रको मंगलबार पोष्टर सार्वजनिक गरिएको हो ।

महेश दवाडीको पटकथा र संवाद रहेको यो चलचित्रमा दयाहाङ राई, सुरक्षा पन्त, आयुशीका लक्ष्मी गिरी, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोसिस क्षेत्रीलगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा सिंगे लामाको कथा, दीर्घ गुरुङको छायांकन रहेको चलचित्रमा शंकर थापा स्माइल र कोसिस क्षेत्रीको संगीत तथा दीर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुनुहुन्छ । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले निर्माण गर्नुभएको चलचित्रमा सहरमा डेरा गरी बस्नेको संघर्ष र असमानतालाई प्रस्तुत गर्न खोजिएको बताइएको छ । काठमाडौंमा डेरा गरेर बस्ने आमनेपालीको समस्या चलचित्रले देखाउने चलचित्रलाई सोसल ड्रामा जनरामा राखिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?