जातीय विभेदको ‘चरित्र’ निर्माण

Read Time = 2 mins

काठमाडौं । लघुचलचित्र ‘चरित्र’ निर्माण भएको छ । आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा रामकाजी घिमिरेको लेखन र कपिल कार्कीले निर्देशन तथा निर्माण रहेको लघुचलचित्र ‘चरित्र’ निर्माण भएको हो । जीवन गौतमको मुख्य सहायक निर्देशन रहेको यस लघुचलचित्रलाई काभ्रेको फूलबारी मथुरा पार्टी आसपासमा छायांकन गरिएको छ ।

लघुचलचित्रमा दलित तथा जनजातिमाथि उपल्लो जातिका मानिस तथा नेताले गर्ने थिचोमिचोलाई यर्थातपरक ढंगले प्रस्तुत गर्न प्रयास गरिएको लेखक घिमिरेले जानकारी गराउनुभयो । समसामयिक चेतना मूलक यस लघुचलचित्रमा उत्तम केसी नेपाल, श्रोता अर्याल, राजकुमार थापा, रामकाजी घिमिरे, रचना पौडेल, आशिका बस्नेत, अञ्जु हमाल, अनुमती नेपाली, घनश्याम तिमिल्सिना (एन्टिना), श्रीराम गिरी, कालुराम थापा, सुरेन्द्र खड्का, दिव्यान्स जोशी, कमला खड्का, पर्शुराम सत्याल, अनिश बोहोरा, दर्शक आचार्य, राधिका शंकर, आशिष थापाको अभिनय छ । दमन कार्कीको परिकल्पनामा निर्माण भएको यस लघुचलचित्रलाई बलकुमार मगरले छायांकन तथा सम्पादन गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?