डा. भगवान कोइरालाको ‘हृदय’ को लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । डा.भगवान कोइरालाको पुस्तक ‘हृदय’ को सीमित संस्करण लोकार्पण गरिएको छ । काठमाडौंमा एक समारोहबीच ‘हृदय’ को सीमित संस्करण लोकार्पण भएको हो । पुस्तकको डा.कोइरालाका दुई पूर्वबिरामी एलिजा चन्द, दौरभजंग केसी, डा.कोइराला र फाइन प्रिन्टका सहसंस्थापक निरज भारीले लोकार्पण गर्नुभएको थियो ।

सीमित संस्करणको मूल्य २५ हजार राखिएको छ । फाइन प्रिन्टले डा.कोइरालाको नेतृत्वमा बन्दै गरेको बाल अस्पतालको सहयोगार्थ २५ सय कपीका लागि यो मूल्य राखिएको जनाएको छ । असोज १ गतेबाट भने ‘हृदय’ बजारमा पनि उपलब्ध हुनेछ । त्यसबेला भने काठमाडौंका पाठकका लागि ६५० र काठमाडौं बाहिरका पाठकका लागि ५०५ रुपैयाँमा उपलब्ध हुने जनाइएको छ ।

सीमित संस्करणबाट उठेको सम्पूर्ण रकम अस्पताल निर्माणमा खर्च गरिने जनाइएको छ । लोकार्पण कार्यक्रममा किताबमा भएका आफ्ना विगतका संघर्ष, परिवारका संघर्ष स्मरण गर्दै डा.कोइराला भावुक बन्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?