अली र ऋचा विवाह बन्धनमा बाँधिँदै

Read Time = 1 min

मुम्बई । बलिउड कलाकारद्वय अली फजल र ऋचा चंका विवाह बन्धनमा बाँधिने हुनुभएको छ । उहाँहरूले आगामी अक्टुबरमा विवाह गर्न लाग्नुभएको हो । विवाह अघिको उत्सव भने यही महिनादेखि सुरु हुने जनाइएको छ । यसअघि दुईजनाले सन् २०२० मा नै विवाह गर्ने योजना बनाउनु भएको थियो । तर, कोभिडका कारण उहाँहरूको योजना पछिसरेको थियो ।

इटाम्सको रिपोर्ट अनुसार आगामी ६ अक्टुबरमा विवाह हुँदैछ । ७ अक्टुबरमा मुम्बईमा रिसेप्सन राखिएको छ । विवाहअघिको उत्सव भने दिल्लीमा ३० सेप्टेम्बरदेखि २ अक्टोबरसम्म मनाइनेछ ।

ऋचा र अलीको पहिलो भेट सन् २०१२ मा फुकरेको सेटमा भएको थियो । रिपोर्टका अनुसार ऋचाले नै अलीलाई प्रपोज गर्नुभएको थियो । ऋचाको प्रेम प्रस्तावको जवाफ दिन अलीलाई तीन महिना लागेको थियो । यो सम्बन्ध लगभग पाँच वर्षसम्म गोप्य राखिएको थियो । भिक्टोरिया र अब्दुलको प्रिमियरमा उहाँहरूले आफ्नो प्रेमको खुलासा गर्नुभएको थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?