युवा उद्यमशीलता सम्मेलनको नौबुँदे घोषणापत्र

Read Time = 2 mins

काठमाडौं । दोस्रो नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ ले नौबुँदे घोषणापत्र जारी गरेको छ । युवा उद्यमशीलता प्रवद्र्धनका लागि स्टार्टअप नीति ल्याउनुपर्ने र युवाको नवप्रवर्तनीय सोचमा लगानी गर्न छुट्टै आइडिया बैंक स्थापना गर्नुपर्ने मागसहित नौबुँदे काठमाडौं घोषणापत्र जारी गरेको हो ।

सम्मेलनले स्टार्टअप इकोसिस्टम निर्माणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने, नेपाली उत्पादन र सोचलाई संघीय, प्रदेश र स्थानीय तीनवटै सरकारले प्राथमिकता दिनुपर्ने, स्टार्टअपका लागि परियोजना धितोमा कर्जाको व्यवस्था गर्नुपर्ने र कर्जा प्रक्रिया सर्वसुलभ र झन्झटरहित हुनुपर्ने घोषणापत्रमा उल्लेख छ । सम्मेलन मूल आयोजक समितिका संयोजक विशाल गैरेले सम्मेलनले बैंक, बित्तीय संस्था, प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल र विभिन्न प्राइभेट क्षेत्रमार्फत् नेपालमा युवा उद्यमशीलता प्रवद्र्धन हुँदै गएको भन्दै आगामी दिन नेपालका युवा उद्यमका लागि सकारात्मक रहेको निष्कर्ष निकालेको बताउनुभएको छ । आयोजकका अनुसार सम्मेलनमा ५५ जिल्लाका युवा उद्यमी र युवा उद्यमी बन्न चाहने करिब चार सय युवाको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?