काठमाडौं । ग्लोबल आइएमई क्यापिटल र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ । क्यापिटलले एनसिएचएलको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी व्यवस्थाअन्तर्गत नेशनल पेमेन्ट स्विचका लागि सम्झौता गरेको हो ।
सम्झौतापत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ । सम्झौतासँगै क्यापिटलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी ग्राहकले डिभिडेण्ड भुक्तानी, डिपीको शुल्क संकलन, म्युचुअल फण्डसम्बन्धी भुक्तानीलगायत विभिन्न प्रकारका भुक्तानी कारोबार बैंक खाताबाट सोझै गर्न सक्ने कम्पनीले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका