फुड, वेभरेज एण्ड हस्पिटालिटी एक्स्पो हुने

Read Time = 1 min

काठमाडौं । खाद्य, पेय पदार्थ र आतिथ्यतासम्बन्धी एक्स्पो हुने भएको छ । भदौ ३१ गतेदेखि असोज २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सेञ्चुरी फुड एण्ड वेभरेज एण्ड हस्पिटालिटी २०२२ हुुने भएको हो । एक्स्पोमा ६० प्रतिशत विगत वर्षहरूबाट र बाँकी नयाँ प्रदर्शक रहने आयोजकले जनाइएको छ ।

एक्स्पोमा करिब एक सय ५० कम्पनीका करिब पाँच हजार उत्पादन र सेवा रहने बताइएको छ । एक्स्पो फुड, वेभरेज एण्ड हस्पिटालिटीबारे अवलोकन गर्न, अन्तरक्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न महत्वपूर्ण स्थान हुनसक्ने आयोजकको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?