गोल्फुटारमा पनि रेमण्ड शोरुम

Read Time = 1 min

काठमाडौं । अन्तर्राष्ट्रिय सर्टिङ सुटिङ ब्राण्ड रेमण्डले नेपालमा सातौं शोरुम काठमाडौंको गोल्फुटारमा विस्तार गरेको छ । सोमबार पूर्वराष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले शोरुमको उद्घाटन गर्नुभएको हो । नयाँ शोरुममा टेलरिङ सेवाबाहेक रेमण्ड ब्राण्डका कोट, सर्ट, टाइ, पाइन्ट तथा अन्य रेडिमेड सामग्री उपलब्ध रहेको शोरुमले जनाएको छ । रेमण्ड ब्राण्डका कपडामा खुम्चिने समस्या नआउनुका साथै चर्को घामले समेत कुनै असर नपार्ने दाबी गरिएको छ ।

सर्टिङ सुटिङका साथै रेमण्ड ब्राण्डमा प्रयोग हुने सामग्री अष्ट्रेलियाबाट ल्याइने रेमण्डका अध्यक्ष सञ्जय अधिकारीले जानकारी दिनुभयो । नेपालको पुतलीसडकमा रेमण्ड ब्राण्डको आधिकारिक शोरुम पहिलोपटक सन् १९९९ मा सञ्चालनमा आएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?