माछापुच्छ्रे बैंक र वल्र्ड लिंकबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । माछापुच्छ्रे बैक र वल्र्ड लिंक कम्युनिकेसन्सबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको छ । बैंकका क्रेडिट कार्ड प्रयोगकर्तालाई इएमआई सुविधामा टिभी र इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्झौता भएको हो । सो सम्बन्धमा बैंक, एनआइटिभी स्ट्रिम्ज प्रालि र वल्र्ड लिंकबीच त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौतापत्रमा एनआइटिभी स्ट्रिम्ज र वल्र्ड लिंकका प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा बैंकका नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको इन्स्टापे सुविधामार्फत् टिभी र इन्टरनेटसम्बन्धी विभिन्न कम्बो प्याकेज इएमआईमा लिन सक्नेछन् ।

दशैं, तिहार र छठलाई लक्षित गरी ल्याएको अफरमा ग्राहकले करिब ५६ प्रतिशतसम्म छुट पाउन सक्ने वल्र्ड लिंकले जनाएको छ । बैंकका ग्राहकले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्स्टापेबाट उपभोग गर्न पाउनेछन् भने क्रेडिट कार्ड नहुनेले अनलाइनबाटै कार्डका लागि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?