पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता नै नपाउने दाबी गर्नुभएको छ । पोखरामा मंगलबार नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादीले ३ प्रतिशत थ्रेसहोल्ड पार नगर्ने दाबी गर्नुभएको हो । उहाँले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रले भने यसपटकलाई इज्जत जोगाउने टिप्पणी गर्नुभयो । ‘माधव नेपालले भोट पाउनेवाला छैनन् । उनको पार्टीले भोट पाउनेवाला छैन । र, माधव नेपालको पार्टी तीन प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टीका रूपमा आउन सक्दैन,’ ओलीले भन्नुभयो, ‘यत्रो एमालेको विरुद्ध काम गरेको पारिश्रमिक स्वरूप उनलाई सबै मिलेर एकसिट जिताइदिऔँ ।’
त्यति मात्रै होइन, आउँदो चुनावसम्म माधव नेपालसँग कार्यकर्ता नै नरहने अध्यक्ष ओलीको भनाइ छ । ‘चुनावसम्म माधव नेपालसँग खास कार्यकर्ता रहँदैनन् । मतदाताले माधव नेपाललाई के देखेर, कुन कामका लागि भोट दिने ? के गरेको हुनाले भोट दिने ? पार्टी फुटाएकाले ? अदालत गएर परमादेश गराएबापत भोट दिने ? एमालेलाई गाली गरेबापत ?’ ओलीको भनाइ थियो ।
उहाँले संसद्मा माधव नेपालको हैसियत राप्रपा र नेपाल मजदुर किसान पार्टीको जस्तै हुने भन्दै व्यंग्यसमेत गर्नुभयो । । ती पार्टी आफ्नै विचारमा केन्द्रित भए पनि नेता नेपाल र उनको पार्टीसँग कुनै राजनीतिक विचार नरहेको ओलीको टिप्पणी थियो । नेता नेपाललाई अध्यक्ष ओलीले देश बर्बाद पार्ने नाइकेको संज्ञा पनि दिनुभयो ।
नेपाललाई एमालेको १५ वर्ष महासचिव आफूले बनाएर टिकाइदिएको र प्रधानमन्त्री बन्दा पनि काम गर्न नसकेर छाडेर भागेको उहाँको टिप्पणी छ । ‘व्यक्तिगत रूपमा भन्ने हो भने माधव नेपाललाई १५ वर्ष महासचिव बनाएर टिकाएर, प्रधानमन्त्री बनाउँदा आँट्न नसकेर, पार्टीलाई रसातलमा पु¥याएर राजीनामा फालेर भागेको होइन,’ उहाँले भन्नुभयो, ‘अर्काले गरेको देख्न नसक्ने, ईष्र्या र डाहा गर्ने ?’
जनयुद्धका नाममा हजारौँ मानिसलाई अंगभंग, अपांग र हत्या गरेको आरोप लगाउँदै ओलीले प्रचण्ड राष्ट्रिय समस्या रहेको दोहोर्याउनुभयो । ‘प्रचण्ड भनेको राष्ट्रिय समस्या हो भनेर २०५६ सालमै भनेको थिएँ, अहिले पनि समस्या हो,’ उहाँले भन्नुभयो, ‘यता जाँदा फाइदा छ कि कता जाँदा फाइदा हुन्छ त्यतिमै प्रचण्डको ध्यान छ, विचार, नीति केही छैन ।’
कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुकमा राणा शासन लागू गरेको ओलीले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस बेहाल छ, हिजोको कांग्रेस रहेन । फेरि राणा शासन फर्केको जस्तो छ ।’
देश विकास र सामाजिक सद्भाव भत्काउनेलाई देखाउन नेकपा एमालेले आगामी चुनाव जित्नुपर्ने ओलीले बताउनुभयो । ‘मंसिर ४ गते हामीले जित्नैपर्छ । किन जित्नुपर्छ ? एमालेलाई होइन । देश र तमाम जनताका लागि, सामाजिक सद्भाव, विकासका लागि । यी कुरा भत्काउनेलाई देखाउन यो निर्वाचन जित्नपर्छ,’ उहाँले भन्नुभयो ।
गठबन्धन सरकार आपराधिक उद्देश्यका लागि परमादेशबाट जन्मिएको अध्यक्ष ओलीले टिप्पणी गर्नुभयो । सत्ता प्राप्ति र लुटतन्त्र मात्र मुख्य उद्देश्य भएको गठबन्धन सरकारले जनताप्रति कुनै जिम्मेवारी नबोकेको उहाँको दाबी छ ।
सरकारले प्रमुख प्रतिपक्षी एमालेप्रति झुटो आरोप, मुद्दा र दमन गरेको आरोप लगाउँदै उहाँले गत स्थानीय निर्वाचनमा त्यस्तो दृश्य देखिएको बताउनुभयो । सरकारले राष्ट्रियता खतरामा पु¥याएको आरोप लगाउँदै उहाँले गठबन्धनले लुटतन्त्र चलाएको बताउनुभयो । ‘यस्तो सरकार, जसले परराष्ट्र सम्बन्ध बिगारेको छ, राष्ट्रियता खतरामा पु¥याएको छ,’ उहाँले भन्नुभयोे, ‘स्वाधिनता, स्वतन्त्रताको उपयोग गर्ने हिम्मत नै गर्दैन ।’ अर्थमन्त्रीमाथि छानबिन गर्दा बहुमतका आडमा छानबिन समितिलाई नै’ पंगु’ बनाउने काम भएको उहाँले बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको