देउडामार्फत विपद् पूर्व तयारीको सन्देश

हिमालय टाइम्स
Read Time = 3 mins

-डम्बर बोहरा

बैतडी । बैतडीमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले देउडामार्फत विपद् पूर्व तयारीको बारेमा सन्देश दिन थालेको छ । सर्वसाधरणलाई बाढी पहिरो भूकम्पलगायतका अन्य बिपद् आउनु पुर्वको तयारीका बारेमा देउडामार्फत रेडक्रसले जानकारी दिरहेको हो ।

विपद् आउनु पुर्वको तयारी र आइसकेपछि अपनाउनुपर्ने सावधानीका बारेमा देउडामार्फत सन्देश प्रवाह गरिरहेको छ । १० वटा समूहको सहभागीता रहेको कार्यक्रममा देउडामार्फत बिपद जोखिम तथा पुर्बतयारीका सन्देशहरु प्रदान गरिएको पश्चिम विपद् पुर्व तयारी परियोजनाका फिल्ड कर्मचारी दीपक निरौलाले जानकारी दिनुभयो ।

विपद् आउनुपुर्व तयारी अवस्थामा राख्नुपर्ने झटफट झोला, सुरक्षित स्थानको छनोट र विपद् आइसकेपछि नियमित ब्यक्तीगत र वातावरणीय सरसफाइका बारेमा देउडा मार्फत स्थानीय नागरीकहरुलाई जानकारी गराइएको उहाँले बताउनुभयो । ‘देउडा नाच यहाँको मौलिक एवं लोकपृय नाच हो’ उहाँले भन्नुभयो ‘हरेक नागरीकले बुझ्ने भएको प्रभावकारी हुने पनि विश्वास लिएका छौं ।’

कतिपय नागरिकलाई झटपट झोलामा केके सामान राख्ने ? झोला कुन ठाउँमा राख्ने ? भन्ने बारेमा जानकारी नहुँदा भएकाले विपद्को समयमा अलपत्र पर्ने र सहयोगी निकायबाट प्राप्त पनि बन्चित हुने गर्दछन् ।

विपद् आउनुपुर्वको आवश्यक तयारीका बारेमा नागरिकहरू कम जानकार हुँदा ठुलो मानविय क्षति हुने गरेको निरौलाले बताउनुभयो । पश्चिम विपद् पुर्वतयारी परियोजना बैतडीको मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा लागु छ । यि स्थानीय तहहरु बाढी पहिरो भुक्षयको उच्च जोखीममा रहेछन् भने जंगली जनावर चितुवा प्रभावति क्षेत्र पनि हुन् ।

पश्चिम बिपद पुर्वतयारी परियोजनाको आयोजनामा मंगलबार जिल्लाको पञ्चेश्वर गाउँपालिका-१ पलाडीमा सम्मपन्न विपद् जोखीम न्युनिकरण सम्बन्धि स सचेतनामुलक देउडा प्रतियोगितामा १० वटा समुहहरुले सहभागीता रहेको थियो । प्रतियोगितामा कुलाउ सामुदायको समुह प्रथम, चतुर्बाहु समिती द्वितीय, भुमिराज समिति तृतीय र डुग्रीखान मा.वि ले सान्त्वना स्थान हासिल गरेको छ । अर्को कार्यक्रम भदौ ३० गते मेलौली नगरपालिका-९ को बिशालपुर माविको प्राङगणमा हुने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?