उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम

हिमालय टाइम्स
Read Time = 2 mins

जितेन्द्र भण्डारी/हिटा
पाँचथर । पारदर्शिता कायम गर्न, सम्झौताबमोजिमको गुणस्तरीय काम गर्न, उपभोक्ता समितिलाई सचेत गराउने उद्देश्यले पाँचथरको फिदिम नगरपालिकाले उपभोक्ताहरूलाई धमाधम अभिमुखीकरण तालिम प्रदान गरिरहेको छ ।

योजना सञ्चालन गर्ने तरिका, विधि, योजना सम्पन्नपश्चात् आवश्यक कागजातहरूका बारेमा जानकारी दिने, योजना सम्पन्नपश्चात् सार्वजनिक सुनुवाइ गर्नेलगायत विषयमा तालिम प्रदान गरिँदै आएको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताउनुभयो ।

१४ वटै वडामा धमाधम तालिम प्रदान गरिरहेको अहिलेसम्म पाँचवटा वडामा तालिम प्रदान गरिसकिएको र अब बाँकी नौवटा वडामा दशैंअगावै अभिमुखीकरण दिइसक्ने फिदिम नगरपालिकाका प्राविधिक प्रमुख इञ्जिनियर प्रेम काफ्लेले बताउनुभयो । अभिमुखीकरणपश्चात् योजना सञ्चालन गर्न सहज हुने, सम्झौताबमोजिम गुणस्तरीय कायम हुने अपेक्षा राखिएको फिदिम-२ का वडाध्यक्ष दिनानाथ अधिकारीले बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले तथा उपप्रमुख राधाकृष्ण न्यौपानेले उपभोक्ता समितिलाई सम्झौता तथा लागत स्टिमेटबमोजिम गुणस्तरीय काम गर्न निर्देशन दिइरहनुभएको छ । यस्तै, तालिमको सहजीकरण फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाहाल, प्राविधिक शाखाप्रमुख काफ्ले, योजना शाखाप्रमुख इन्दिरा दाहाल, रोजगार शाखाप्रमुख इन्द्र गुरुङ, लेखा शाखाप्रमुख हेम नेम्बाङलगायतले गरिरहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?