सिक्लेस हाइड्रोपावरको आईपीओ आजबाट खुल्यो

Read Time = 2 mins

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ५० हजार कित्ता सेयर आजदेखि बिक्री खुला गरेको कम्पनीले जनाएको छ ।

कुल सेयरमध्ये ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिने जानकारी दिइएको छ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असोज १२ गतेसम्म आवेदन दिने समय थप हुने बताइएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड छ । लगानीकर्ताले आईपीओमा मेरो सेयर एप र वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?