सप्तरीमा एक पुरुषको वेवारिसे शव फेला

हिमालय टाइम्स
Read Time = 1 min

-अनिल पोखरेल
राजविराज । सप्तरीको तिलाठी कोइलाडी स्थित दशगजा क्षेत्रमा बुधवार बिहान एक जना पुरुषको वेवारिसे शव फेला परेको छ ।

तिलाठी कोइलाडी-१ स्थित राजविराज भन्सार कार्यालयदेखि करिब १ सय ५० मिटर पूर्वतर्फ रामपुर मल्हनिया जाने बाटोको दाहिने कुनौली जाने दशगजामा वेवारिसे शव फेला परेको हाे ।

तत्काल नाम थर वतन नखुलेको अन्दाजी वर्ष ४५ को पहाडी मूलको जस्तो देखिने पुरुष व्यक्तिकाे मृत अवस्थामा शव फेला परेको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

मृतकको हाल सम्म सनाखत हुन नसकेको र मृत लास पोस्टमार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजको शब गृहमा राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?