गहना लुटपाटमा संलग्न छ जना पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

भक्तपुर । भक्तपुर र काभ्रेका विभिन्न स्थानहरूमा सुनका गहना लगाएका व्यक्तिहरुलाई पिछा गरी एकान्तमा पारी सुनका गहना लुटपाट गरेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-९ ठेगाना भएका २२ वर्षीय बुद्ध तामाङ, उदयपुर त्रियुगा नगरपालिका-७ ठेगाना भएका २३ वर्षीय बिशाल राई, सिन्धुली मरिन गाउँपालिका-५ ठेगाना भएका २० वर्षीय आर्यन माझी, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-३ ठेगाना भएका २१ वर्षीय सुदिप भण्डारी, मोरङ शनिश्वरे नगरपालिका-८ ठेगाना भएका ४० वर्षीय चन्द्र बहादुर बिक र भारत महाराष्ट्र सिङ्ली घर भई काठमाडौं महानगरपालिका-७ बस्ने ३५ वर्षीय अमोल भोसले रहेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले लुटिएको सुन र लुटपाटमा प्रयोग गरिएको २ वटा मोटरसाइकलसहित लुटपाटमा संलग्नमध्ये बुद्ध, बिशाल, आर्यन र सुदिपलाई पक्राउ गरेको हो । साथै लुटिएको सुनको स्वरुप परिवर्तन गर्ने चन्द्र बहादुर र लुटिएको सुन किन्ने अमोललाई लुटिएको करिब २ तोला सुनसहित काठमाडौं चाबहिलबाट पक्राउ गरेको हो ।

लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?