जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

झापा । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा विर्तामोड नगरपालिका-२ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दमकतर्फ जान हिँड्दै गरेकी ती महिलालाई डम्बरले सोही ठाउँस्थित सिसौ घारीमा लगेर सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?