एमालेको आरोप : सरकारले एमालेका सांसदले जितेको क्षेत्रमा बजेट निकासा भएन

Read Time = 4 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद एवम् पूर्वमन्त्री खगराज अधिकारीले सरकारले आफ्ना पार्टीका सांसदहरुले जितेको क्षेत्रमा विकास, निर्माणका लागि विनियोजित बजेट पनि निकासा नगरेको आरोप लगाउनु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो । प्रतिपक्ष दलमाथि प्रतिसोध साँध्ने गरी बजेट निकासा दिने काम किन नगरेको भन्दै सांसद अधिकारीले त्यसको जवाफ तत्काल दिन सरकारसँग माग गर्नु भयो ।

उहाँले गुठीयारहरुको समस्या समाधान गर्न सरकार उदासिन रहेकोे भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको सो सम्बन्धि विधेयकको विरोध गर्नेहरु अहिले सरकारमा रहेको उल्लेख गर्दै सांसद अधिकारीले ती समस्या समाधान गर्न सरकारलाई दवाव समेत दिनु भयो ।

उहाँले भन्नु भयो, ‘अघिल्लो केपी ओली नेतृत्वको सरकार हुँदाखेरी गुठी सम्बन्धि विधेयक हामीले छलफलमा ल्यायौं । गम्भिर छलफल र बहस भयो । आज यत्रा समस्याहरु छन । अहिलेसम्म सम्माननीय सभामुख महोदय, श्री ५ को वायु गुठी धादिङमा छ । अनि, पलाञ्चोक, म्याग्दी लगायत देशका विभिन्न भागमा अहिले पनि गुठी समस्या छन । र, ती गुठीको समस्या समस्या समाधान गर्न सरकारले कुनै ध्यान दिएको छैन । उदासिन छ । र, यो सरकारले हिजो गुठीको समस्या समाधान गर्न ल्याएको विधेयकलाई भड्काउन माईतीघर मण्डलामा जुलुसमा सामेल हुनेहरु अहिले सत्तामा हुनुहुन्छ । उहाँहरु के गर्दै हुनुहुन्छ ? हामी गम्भिरतापूर्वक सरकारबाट जवाफ चाहन्छौ सभामुख महोदय । र, अर्को गम्भिर प्रश्न के छ भने अघिल्लो सरकारले रणनीतिक महत्वका सडकहरु १६५ निर्वाचन क्षेत्रमै अगाडि बढायो । आज ती सुुुसुप्त अवस्थामा छन । या तिनलाई रोकिएको छ । प्रतिपक्ष प्रतिनिधिसभाका सदस्यहरुले सिफारिस गरेका ठाउँहरुमा बजेट निकासा नदिने वा तिनलाई कामयावी हुन नदिनेसम्मको काम गरिएको छ । र, अनेकौं विकास आयोजनाहरुमा पनि यस्तो किसिमको गम्भिर सरकारी षडयन्त्रहरु भईरहेका छन । र, विकास निर्माणको कामलाई ठप्प पारिएको छ । सरकारले यसको जवाफ दिनु पर्दछ । विकास विरोधी सरकार हुनुहुँदैन । सरकारले यदि प्रतिसोध साँध्न खोजेको हो भने जनताले यसको जवाफ चाहन्छन । र, सरकारले यसको गम्भिरतापूर्वक जवाफ दिनु पर्दछ । र, गुठी समस्या समाधान गर्न सरकारले जवाफ दिन्छ कि दिँदैन ? सरकार गुठीयारहरुप्रति जवाफदेही छ कि छैन ? यसको जवाफ चाहियो ।’

सांसद अधिकारीले ओली नेतृत्वको अघिल्लो सरकारले गुठी समस्या समाधानका लागि ल्याएको सो विधेयक गम्भिरतापूर्वक छलफल गरी गुठीयारहरुको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?