अनुगमनका क्रममा ७४ हजार बढीको मासु नष्ट

Read Time = 3 mins

भोजपुर । चाड पर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय भोजपुरले बजार अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा मासु पसलहरुमा अस्वस्थ मासु बिक्री गर्न राखिएको भेटिएको थियो ।

जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुगमन अधिकृत रामप्रसाद दाहालको नेतृत्वमा बुधवार गरिएको मासु पसलहरुको अनुगमनका क्रममा केही दिन अगाडी देखिको मासु समेत फ्रिजमा हालेर राखिएको अवस्थामा फेला परेको थियो । “नागरिकको स्वास्थ्यको समेत ख्याल नगरि पसलहरुले अस्वस्थ्यरुपमा मासु बिक्री गरेको पाइएको छ, ती सामाग्रीहरु समेत बरामद गरिएको छ ।” अनुगमन अधिकृत दाहालले भन्नुभयो । अनुगमनकाक्रममा ७४ हजार ४ सय ९४ रुपैया बरावरको सामाग्री नष्ट भएको छ ।

अनुगमनकाक्रममा खसी, कुखुरा, राँगा। सुँगुरको मासु बरामद गरिएको थियो । बजारको समिक्षा मासु पसल, तामाङ, मासु पसल, अर्जुन श्रेष्ठ लगायतका मासु पसलहरुमा अनुगमन भएको हो । समिक्षा मासु पसलको मासु राख्न प्रयोग गरिएको फ्रिज समेत फोहरका साथै पुरानो मासु समेत भेटिएकाले सो समेत बरामद भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण लघुले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनमा घरेलु बिकास कार्यालय, उद्योग बाणिज्य संघ, पत्रकार, प्रहरी लगायतका सरोकारवाला निकायका प्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो । धेरै दिन अगाडी देखि फ्रिजमा राखेर मासु बिक्री गरेका ब्यवसायीहरुलाई पत्र काटी जिल्ला प्रशासनमा उपस्थित हुन निर्देशन गरिएको अनुगमन अधिकृत दाहालले बताउनुभयो ।

चाडपर्व नजिकिएसँगै स्थानीय प्रशासनले बजार अनुगमन तीब्र बनाएको हो । बरामद मासु अनुगमन समितिको रोहवरमा नष्ट गरिएको छ । बढी मात्रमा खपत हुने मासु पसलहरुले नै नागरिकको स्वास्थ्य माथि खेलवाड गरेकाले कारवाही गरिनु पर्ने स्थानीयको माग छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?