घरमै गएर अपाङ्गता परिचयपत्र प्रदान

Read Time = 2 mins

गुल्मी । गुल्मीको एक स्थानीय तहले घरमै गएर अपाङ्गता परिचयपत्र प्रदान गरेको छ । जिल्लाको रेसुंगा नगरपालिकाले एक पूर्ण अशक्त महिलालाई घरमै गएर अपाङ्गता परिचयपत्र प्रदान गरेको हो ।

नगरपालिकाको वडा नम्बर– १४ रातामाटाकी ४८ वर्षीय पूर्ण अशक्त महिला पुनीकला अचार्यलाई उहाँको घरमै गएर ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्रदान गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । उहाँले नगरप्रमुख भएकाले आफू सबैको अभिभावक समेत भएकाले हरेक अपाङ्ग, अशक्त, बेसाहारा, विपन्न सबैको साथमा रहेको बताउनुभयो ।

घरमै आएर अपाङ्गता परिचपत्र प्रदान गर्ने नगरप्रमुख खिलध्वज पन्थी लगायत समग्र रेसुंगा नगरपालिकालाई आचार्यले धन्यवाद दिँदै स्थानीय सरकारको अनुभूति पाएको बताउनुभयो । आचार्य २०६७÷६८ सालदेखि बिस्तरामै पल्टिएर जिवन काट्दै आउनुभएको छ । जन्मजात अशक्त भए पनि उहाँ ०६८ सालसम्म हिँडडुल गर्नु सक्नुहुन्थ्यो ।

समय बित्दै जाँदा अन्य शारीरिक समस्या थपिएपछि विस्तारामा पल्टिनुभएकी आचार्य फेरि उठेर हिडडुल गर्न सक्नुभएन् । ७० वर्षीया आमा ठिमा पुनले उहाँको हेरचाह गर्दै आउनुभएको छ । आमाछोरी मात्रै रहेका यो परिवारमा माइतीले बनाइदिएको सानो झुप्रोमा बस्दै आएका छन् ।

वडाध्यक्ष धनबहादुर पुनले अपाङ्गता परिचय पत्रले आचार्यलाई धेरै राहत पु¥याउने बताउनुभयो । नगरप्रमुख पन्थी लगायतलाई घरमै आई अपाङ्गगता परिचय पत्र प्रदान गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?