खेलकुदमन्त्री गहतराज बाँके-१ बाट उम्मेदवार सिफारिस

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज बाँके निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रतिनिधिसभाको उम्मेदवारमा मन्त्री गहतराजसँगै सातजनाको नाम सिफारिस गरेको पार्टीका जिल्ला संयोजक डम्बर विकले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री गहतराजसँगै लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी, नेताहरू नरेन्द्र न्यौपाने, नरबहादुर केसी, प्रकाश सुवेदी, ओमप्रकाश केसी र अशोक रोकायको नाम सिफारिस भएको छ ।

मन्त्री गहतराज विसं २०७४ को निर्वाचनमा यही क्षेत्रबाट नेकपा (एमाले) सँगको गठबन्धनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको थियो । उहाँले दोस्रोपटक यही क्षेत्रबाट उम्मेदवारको आकांक्षा देखाउनुभएको छ । गत निर्वाचनमा प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित हुनुभएकी कृष्णा पनि यसपटक प्रतिनिधिसभामा आकांक्षी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?