विष्टको संयोजकत्वमा कार्यदल गठन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी टुर कार्यदल गठन भएको छ । भदौ २७ गतेको कार्यकारी समितिको निर्णयानुसार ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलमा पारस खड्का (पूर्वक्रिकेट कप्तान), दीपक श्रेष्ठ (अध्यक्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एवं साग पदकधारी), अरुणा शाही (कप्तान महिला भलिबल) र मिरा राई (अल्ट्रा म्याराथन धावक) सदस्य रहनुभएको छ ।

यही भदौ ३१ गते राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्रीबाट उक्त रनिङ ट्रफी सार्वजनिक गरिने र ट्रफी सुदूरपश्चिमाञ्चलबाट सुरु गरी सातै प्रदेशका साथै तीन विभागीय टोलीमा पु¥याइने ओलम्पियन संघका अध्यक्षसमेत रहनुभएका विष्टले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?