आसियानका अर्थमन्त्रीहरूको बैठक कम्बोडियामा

Read Time = 2 mins

कम्बोडिया । दक्षिण पूर्वी एसियाली देशहरूको संगठन (आसियान)का अर्थमन्त्रीहरूको बैठक कम्बोडियामा सुरु भएको छ । कोरोना भाइरसको महामारीपछिको अर्थतन्त्रका बारेमा छलफल गर्न अर्थमन्त्रीहरूको बैठक आयोजना गरिएको हो ।

बुधबारबाट सुरु भएको आसियानका अर्थमन्त्रीहरूको बैठक ५४औं बैठक हो । बैठकमा अर्थतन्त्रका अन्य विविध आयामका बारेमा छलफल भएको जनाइएको छ ।
बैठकको उद्घाटन समारोहमा बैठक आयोजक कम्बोडियाका प्रधानमन्त्री सामडेच टेचो हुन सेनले सम्बोधन गर्नुभएको थियो । विश्व समुदायले अहिले विकास र अर्थतन्त्रका क्षेत्रमा नयाँ चुनौती र समस्याको सामना गरिरहनुपरेको उहाँले सो अवसरमा बत्ताउनु भएको थियो ।

आसियानमा आबद्ध देशहरूले नयाँ चुनौती र समस्यालाई समाधानका उपायहरू पहिचान गरी अन्य देशहरूलाई त्यसतर्फ डो¥याउनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । त्यसैगरी, कानुनको शासन, विश्वव्यापीकरण, बहुदेशीय सहकार्य, बहुदेशीय संरचना निर्माण तथा सञ्चालन, व्यापार तथा लगानी, संरक्षणवादलगायत विषयमा छलफल गर्न उहाँले सुझाव दिनुभएको थियो ।

सम्मेलनको अध्यक्षता गर्नुभएका कम्बोडियाका अर्थमन्त्री पान सोरासाकले दिगो, समावेसी र उदारवादी अर्थतन्त्रको विकासका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । आसियानअन्तर्गत ब्रुनाई, कम्बोडिया, इण्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाम पर्दछन् । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?