इटलीको चलचित्र महोत्सवमा नेपाली लघुचलचित्र पुरस्कृत

Read Time = 1 min

काठमाडौं । नेपाली छोटो चलचित्र ‘सर्भाइभल-लिभिङ थ्रु कोभिड’ले युरोपेली मुलुक इटलीमा आयोजना गरिएको ‘अल्बोरी सोलप्लेस फिल्म फेष्टिभल’ महोत्सवमा पुरस्कार हात पार्न सफल भएको छ । अफजल खानद्वारा निर्देशित तीन मिनेट ५० सेकेण्ड लामो सो चलचित्रले ‘उत्कृष्ट छायाँकन’ विधामा पुरस्कार पाएको हो । यो चलचित्र ड्रिम भिजन स्टुडियोले निर्माण गरेको हो ।

यो चलचित्रमा कोभिड महामारीमा नेपाली जनताले भोगेका समस्या, बाँच्नका लागि उनीहरूले गरेको संघर्ष र कोभिडलाई जितेको भोगाइ देखाइएको निर्देशक÷निर्माता किशोर श्रेष्ठले बताउनुभयो । चलचित्रमा संवादको प्रयोग नगरिएको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । यो चलचित्र यसअघि फ्रान्सको प्रसिद्ध ‘कान्स वल्र्ड फिल्म फेष्टिभल’मा ‘उत्कृष्ट कोभिड विषयक चलचित्र’ विधामा पुरस्कृत भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?