लेम्निङ विद्युतीय स्कुटरको एक्सचेन्ज अफर

Read Time = 1 min

काठमाडौं । बज्र ग्रुपअन्तर्गतको इभी नेपाल मोटर्सले लेभ्निङका विद्युतीय स्कुटर खरिदमा छुट पाउने दशैं तिहार अफर ल्याएको छ । अफरअन्तर्गत घरमै बसेर एसएमएस इभी नेपाल स्पेस ११११ डायल गरी ३५००१ मा पठाउँदा एक लाखसम्म छुट पाउन सकिनेछ । शोरुममा गएर शोरुमले दिएको कोडमा एसएमएस गरेर फेरि छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

जसमा दुईपटक एसएमएसमार्फत् डबल छुट पाउन सकिनेछ । सात हजारदेखि पाँच लाखसम्म छुट रकम म्यासेजमा आउने र म्यासेजमा आएको रकम हेरेर स्कुटर किन्दा कम्पनीले छुट दिनेछ । साथै नबिल बैंकको शून्य ब्याजदरमा सो स्कुटर खरिदका साथै पेट्रोल बाइकसँग सजिलै एक्सचेन्जसमेत गर्न सकिने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?