एनआइसीको भिसा डाइरेक्ट सेवा

Read Time = 1 min

काठमाडौं । एनआइसी एशिया बैंकले खातामा विश्वका विभिन्न देशबाट भिसा डाइरेक्टमार्फत् सोझै रकम पठाउन सकिने सेवा सुरुवात गरेको छ । भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै बैंकले नयाँ सेवा सुरुवात गरेको हो ।

अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरबलगायत विश्वका सयभन्दा बढी देशबाट पठाइएको रकम बैंकका ग्राहकले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् ।

यस सेवाअन्तर्गत विश्वका कुनै पनि भिसा डाइरेक्ट प्लेटफर्ममार्फत् रकम पठाउँदा बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ ।

जसका लागि रकम पठाउने विदेशी तथा स्वदेशीले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीमार्फत् बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?