असोज १ गते देशव्यापी रक्तदान कार्यक्रम

Read Time = 2 mins

काठमाडौं । रक्तदान, जीवन दान भन्ने नाराका साथ तेरापन्थ युवक परिषद काठमाडौंले बृहत् रक्तदान कार्यक्रम अर्थात् मेगा ब्लड डोनेसन ड्राइभ आयोजना गर्ने भएको छ । असोज १ गते देशव्यापीरूपमा रक्तदान कार्यक्रम आयोजना गरिने आयोजकले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । परिषद्ले नेपालभरका १० मुख्य शहरमा १८ भन्दा बढी क्याम्पमार्फत् १२ सयदेखि १५ सय युनिटसम्म र विश्वभर एकै दिन दुई हजारभन्दा बढी क्याम्पमा दुई लाखभन्दा बढी ब्लड युनिट संकलनको लक्ष्य लिएको छ ।

परिषद्ले सन् २०१४ मा एकै दिन एक लाखभन्दा बढी युनिट ब्लड संकलन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएको थियो । यसपटक काठमाडौं, ललितपुर, कीर्तिपुर, वीरगञ्ज, विराटनगर, धुलाबारी, भैरहवा, धरान र राजविराज गरी सातवटा क्याम्प सञ्चालन हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार नेपाल रेडक्रम सोसाइटी, ब्लड डोनर सोसाइटी, पशुपति सेवा संघ, माडवारी युवा मञ्च क्लबलगायतसँगको सहकार्यमा हुने बृहत् रक्तदान कार्यक्रमप्रति विभिन्न व्यक्ति संघसस्थाले ऐक्यबद्धता जनाएका छन् । १८ वर्षदेखि ६५ वर्षसम्मका स्वस्थ व्यक्तिहरूले रक्तदान गर्न सक्छन् भने पुरुषले प्रत्येक तीन-तीन महिना र महिलाले प्रत्येक चार-चार महिनामा रक्तदान गर्न सक्छन् । पछिल्लो समय महामारीका रूपमा फैलिएको डेंगु रोगका कारण ब्लड बैंकहरूमा रगत अभाव हुन थालेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?