साफ यू-१७ : फाइनलमा नेपाल भारतसँग पराजित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । श्रीलंकामा सम्पन्न साफ यू-१७ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । कोलम्बोमा बुधबार राति भएको फाइनल खेलमा १० खेलाडीमा समेटिएको नेपाललाई ४-० गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो ।

यो सँगै नेपालले फेरि पनि उपविजेतामै चित्त बुझाएको छ ।

भारतका लागि बबी सिंहले १८ मिनेट, कोरोउ सिंहले ३० मिनेट, गुइटेले ६३ र अमनले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।

यसअघि समूह चरणमा पनि नेपाल र भारत भिडेका थिए। सो खेलमा भने नेपालले भारतलाई ३-१ गोलले पराजित गरेको थियो। साफको यो प्रतिस्पर्धामा नेपाल फाइनलमा पराजित भएको चौथो पटक हो ।

यस जितसँगै भारतले लगातार दोस्रो पटक उपाधि जितेको छ । यस्तै भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?