घुस लिने खानेपानीका सिनियर प्लम्बरविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महांकालचौरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । खुलालले सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घुल लिएको पुष्टि भएको जनाउँदै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । टंगालस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले खुलाललाई सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?