महाभियोग सिफारिस समितिको बैठक दिउँसो १ बजे बस्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संसदको महाभियोग समिति बैठक सरेको छ। आज बिहान ८ बजेदेखि बस्ने तय गरिएको बैठक सर्वोच्च अदालतका न्यायाधीशहरू नआउने भएपछि सरेको हो ।

अब महाभियोग समितिको बैठक आजै दिउँसो १ बजे बस्ने समितिले जनाएको छ । महाभियोग समितिले आज दिउँसो १ बजे चार जना पूर्व न्यायाधीशहरूलाई बैठकमा बोलाएको छ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले समितिमा बयानका क्रममा आरोप लगाउनुभएका सर्वोच्चका ६ जना न्यायाधीशलाई बोलाएर सोध्ने भन्दै समितिले बुधबार निर्णय गरेको थियो।

तर समितिको पत्र सर्वोच्च पुगेपछि सर्वोच्च अदालतको फुलकोर्ट बसेर समितिले बोलाए पनि बहालवाला न्यायाधीशहरु त्यहाँ जान नमिल्ने निर्णय गर्दै समितिलाई नआउने जानकारी दिएको हो।

समितिमा उपस्थित हुनु र निजसँग, सोधपुछ सवालजवाफ गरिनु उचित र शोभनीय नहुने फुल(कोर्टको निष्कर्ष छ। यसअघि समितिले चोलेन्द्रसँग ४३ वटा प्रश्नको जवाफ लिएको थियो ।

लिखित प्रश्नको जवाफ चोलेन्द्रले दिइसके पनि उहाँको बयान सकिएको छैन । सांसदले चोलेन्द्रको जवाफपछि पूरक प्रश्न सोध्न बाँकी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?