पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको बेथा चोक गाउँपालिका–४ चलाल गणेश स्थानमा अबिरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार आज बिहान करिब दुई बजे आएको पहिरोमा परी स्थानीय ठुलीमायाँ तामाङ, उहाँका ४४ वर्षीय छोरा निर बहादुर तामाङ र ४० बर्षीया छोरी सावित्री तामाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले ठुलीमायाँको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पताल बनेपा र निर बहादुर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको बताउनुभयो ।

उहाँले पहिरोका कारण ठुलीमायाँको घरमा रहेका केहि बाख्रा समेत पुरिएको बताउनुभयो । पहिरोले घरसँगै रहेको चलालगणेशस्थान रोडा ढुङ्गा खानीका दुई वटा एक्स्काभेटर समेत परिएको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो । नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा निरबहादुर र सावित्रीको शव निकालिएको हो ।

वडा अध्यक्ष कृष्णबहादुर तामाङले घरसँगै रहेको ढुङ्गा खानीमा दिउँसो एक्स्काभेटर लगाएर ढुङ्गा निकाल्ने काम गरिएको र राती परेको पानीका कारण जमिन गलेर खानीसँगै रहेको घरको माथिबाट पहिरो आएको बताउनुभयो । उहाँले खानीकै कारण पहिरो गई तामाङको परिवारको निधन भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?