-प्रकाश मैनाली
सर्लाही । सर्लाहीका उखु किसानले अनुदानको रकम दशैं अगाडिनै पाउने भएका छन् । गत आर्थक वर्षको लागि नेपाल सरकार उद्योगी र किसान प्रतिनिधिबीच भएको सहमति अनुसार उद्योगीले प्रति क्वीन्टल ५२० र नेपाल सरकारले ७० रुपैयाँ अनुदान रकम दिने सहमति भएको थियो । सहमति अनुसार उद्योगीले दिने ५२० रुपैयाँ सर्लाहीका किसानलाई दिइसकेका छन् ।
सरकारले दिने अनुदानको रकम बापतको ७० रुपैयाँ प्राप्त भएको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीमा कोष नियन्त्रक जीवन पुरीले बताउनुभयो । सरकारले पठाउनु पर्ने रकम पठाइसकेको र किसानको खातामा रकम हाल्न तथा सबै किसानको रकम खाता रुजु गर्ने लगायतको काम गर्न दुई जान कर्मचारी नै खटाएर काम भैरहेको कोष नियन्त्रक पुरीको भनाइ छ ।
असोजको पहिलो हप्ता किसानको खातामा पैसा जाने गरि काम भइरहेको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीले जनाएको छ । यस वर्ष सरकारले सर्लाहीका किसानलाई बाड्न २२ करोड ९८ लाख रुपैयाँ पठाएको कोष नियन्त्रक पुरीको भनाइ छ ।
ढिलो भए पनि चाडपर्वको मुखमा पैसा पाउँदा आन्दोलनको सटा सरकारलाई धन्यवाद दिनु पर्ने अवस्था सिर्जना भएको नेपाल उखु उत्पादक संघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनाली बताउनुहुन्छ । ढिलै भएपनि सरकारले अनुदानको रकम पठाए संगै वजारमा चहलपहल बढनुको साथै महन चाडपर्व मनाउन सहज हुने मैनालीको भनाइ छ ।
नेपाल सरकारले उद्योगी र किसान प्रतिनिधिसँग सहमति गर्दा १५ दिन भित्र उखु किसानलाई किसानले बेचेको उखुको भुक्तानी दिने सहमति भएपनि उखु बेचेको करिव ८-९ महिना पछि भएपनि अनुदान पाउँदा खुसि मानु र्पने अवथा आएको अर्का उखु किसान नेता राजकुमार उप्रेती बताउनु हुन्छ । सर्लाहीमा मात्र करिव २५ हजार हेक्टर जमिनमा उखु खेती हुने गरेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका